मापसे गरेर गाडी चलाउने गोदावरी नगरपालिकाका मेयरलाई एक हजार जरिवाना

Thankot Times

थानकोट ।

कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटनामा परेका छन् ।

शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएको हो ।

दुर्घटनापछि गरिएको परीक्षणमा मेयर भट्टले मदिरा सेवन गरेको खुलेपछि प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरेको आरोपमा पाँच सय रुपैयाँ र लापरबाहीपूर्वक सवारी चलाएको भन्दै थप पाँच सय रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रेम शाहीका अनुसार आफन्तमार्फत जरिवाना रकम बुझाइएपछि नियन्त्रणमा रहेको गाडी कागज गरेर छाडिएको छ ।

दुर्घटनामा मेयर सकुशल छन् भने गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *