भिरबाट खसेको ढुंगा लागेर वडा सदस्य थापाको मृत्यु

Thankot Times

थानकोट ।

बाजुराको बूढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका-३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृतावस्थामा फेला पारेको प्रवक्ता शाहीले बताए । थापा विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ