अवैध लागूऔषधसहित चन्द्रागिरिका एकसहित २ जना युवा समातिए
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१ दहचोक कालुपाण्डे स्मारक क्षेत्रबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरि नगरपालिका मातातिर्थ बस्ने २२ वर्षीय युवा र काठमाडौं मनामैजु बस्ने गोरखा घर भएका १९ वर्षीय किशोर रहेका छन् ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।










