चोभारमा गोली हानेर नियन्त्रणमा लिएका एक युवालाई ट्रमा सेन्टर लगियो

Thankot Times

थानकोट ।

प्रहरीले कीर्तिपुरमा गोली हानेर नियन्त्रणमा लिएका एक युवालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याएको छ ।

प्रहरीले कीर्तिपुरमा गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको थियो । शाही केही दिनअघि कीर्तिपुरमा विपिन घिमिरे हत्याका प्रमुख योजनाकार भएको प्रहरीले जनाएको छ । गुल्मीका घिमिरेलाई कीर्तिपुरमा हत्या गरिएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर शाहीलाई नियन्त्रणमा लिएको हो । घटनालगत्तै शाहीलाई बल्खुको बयोधा अस्पताल भर्ना गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *