सुनचाँदीको मूल्य गिरावट
थानकोट ।
स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलामा चार हजार र चाँदी ३ सय ५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३ सय ९० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५ सय र त्यति नै परिमाणको चाँदी पाँच हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुन तीन लाख दुई हजार २ सय र चाँदी पाँच हजार ७ सय १० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६ सय ७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










