थानकोटमा चक्कु प्रहारबाट एक जनाको विभत्स हत्या

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ ।

महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गए राति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *