चन्द्रागिरि र कीर्तिपुरका विभिन्न क्षेत्रमा भोलि आइतबार बिहान १० बजेदेखि बिजुली सेवा अवरुद्ध हुँदै
थानकोट ।
नेपाल विद्युत प्राधिकरणले भोलि (जेठ १० गते) आइतबार चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा बिजुली सेवा ४ घण्टा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत लाइन अवरुद्ध हुनेछ ।
प्राधिकरणको १३२ केभी प्रसारण कन्डक्टर अपग्रेड गर्ने कार्यका लागि १३२ केभी स्युचाटार सबस्टेशन एवं टेकु सबस्टेशनबाट बिजुली वितरण हुने इलाकाका विभिन्न स्थानमा बिजुली सेवा अवरुद्ध हुनेछ ।
जसअनुसार चन्द्रागिरिका पुरानो नैकाप, सिर्जना चोक, इन्द्रस्थान, गुर्जुधारा, हाइभिजन, बलम्बु, ढुङ्गा अड्डा, नैकाप, सतुङ्गल, बोसिगाउँ, प्राधिकरण मार्ग लगायतका स्थानमा विद्युत अवरुद्ध हुनेछ ।
सूचना हेराैं












