भोलि आइतबार समाजसेवी सूर्यनारायण मानन्धरको पाँचाैं स्मृति दिवस मनाइँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका परिचित समाजसेवी सूर्यनारायण मानन्धरकाे पाँचाैं स्मृति दिवस भोलि आइतबार स्मृति सभा आयाेजना गरि मनाइँदैछ ।

महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सो संस्थाका तत्कालीन अध्यक्ष मानन्धरको स्मृति दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका-५ महादेवस्थानस्थित कार्यालय हातामा सो कार्यक्रम आयाेजना गर्न लागेको हो ।

मानन्धरको सम्मानमा महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २०८० सालमा संस्थाको कार्यालय हातामा अर्धकदकाे शालिक समेत स्थापना गरेकाे छ। उनी उक्त संस्थाका संस्थापक अध्यक्ष थिए ।

मानन्धर २०४४ साल ताका तत्कालीन महादेवस्थान गाउँ पञ्चायतका अध्यक्ष निर्वाचित भएका थिए । उनी चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको संस्थापक मध्येका एक हुन् ।

समाजसेवी सूर्यनारायण मानन्धरको प्रतिमा अनावरण

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ