नेपाली बजारमा सुनको भाउ घट्यो, चाँदीको भाउ बढ्यो
थानकोट ।
कारोबार हुने यस साताको चाैथो दिन आज बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको हो ।
अघिल्लो दिन २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।
गत बुधबार २ लाख ९२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने बढेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदीको भाउ प्रतितोला २० रुपैयाँ बढेसँगै ५ हजार ८० रुपैयाँ पुगेको छ ।
हिजो चाँदी प्रति तोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।












