राष्ट्रिय सभाको बैठक आज : यस्तो छ सम्भावित दैनिक कार्यसूची
थानकोट ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको २१औँ अधिवेशनको १३ औँ बैठक आज (मंगलबार) बस्दैछ। बैठक अपराह्न १:१५ बजे बस्ने गरी सम्भावित दैनिक कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सदस्यहरूलाई जानकारी गराउने छन्।
त्यस्तै, आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसका साथै राष्ट्रिय सभामा पनि आजैबाट नयाँ आर्थिक वर्षको बजेटमाथि बहस सुरु हुँदैछ। अर्थ मन्त्री डा. वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।













