मन्त्रिपरिषद् बैठकमा भएका चार निर्णय सार्वजनिक
थानकोट ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट चार महत्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले वातावरण संरक्षण, सुरक्षा निकायमा बढुवा, अध्ययन समितिको म्याद थप तथा भूमि समस्या समाधान आयोगमा नियुक्तिसम्बन्धी निर्णय गरेको जानकारी दिए।
बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनका लागि आवश्यक सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी को रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
गृह मन्त्रालयको प्रस्तावमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन अध्ययनका लागि गठित समितिको कार्यावधि थप ४५ दिन बढाइएको छ।
यस्तैगरी भूमि व्यवस्थासम्बन्धी भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नियुक्ति गर्ने मन्त्रिपरिषद्ले गरेको छ। जसमा कास्कीका बलभद्र वास्तोलालाई समितिको अध्यक्ष नियुक्त गरिएको छ। साथै काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मनिधि सोती र काठमाडौंकी डा रोना श्रेष्ठलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय भएको छ।












