रास्वपा काठमाडौं महानगर समितिको सभापतिमा कमल प्रसाद पन्त निर्वाचित

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा कमल प्रसाद पन्त ‘शशि’ निर्वाचित भएका छन् ।

रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन हिजो गरेको थियो ।

अधिवेशनबाट २५६ मतसहित पन्त सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो ।

सभापतिका अर्का उम्मेदवार गणपति लाल श्रेष्ठले १७९ मत ल्याए । पन्त ०७९ देखि नै काठमाडौं महानगर कमिटीको संयोजक थिए ।

सम्पदा क्षेत्रमा काम गर्दै आएका श्रेष्ठ रास्वपा प्रवेश गरी महानगर सभापतिमा प्रतिस्पर्धा गरेका थिए।

निर्वाचन समितिका अनुसार अधिवेशनका प्रतिनिधिको संख्या ५२७ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *