मोबाइल चार्ज गर्नुभयो ? चन्द्रागिरिका अधिकांश क्षेत्रमा आज बिहान ९:३० बजेबाट विद्युत अवरुद्ध हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरिका अधिकांश क्षेत्रमा आज जेठ २५ घण्टाैं विद्युत अवरुद्ध हुने तालिका छ ।

नेपाल विद्युत प्राधिकरण १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना मातातिर्थले गत बुधबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोजनाको स्यूचाटार सबस्टेशनदेखि मातातिर्थ सबस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार बदली गर्ने कार्य गर्न विद्युत सेवा बन्द गर्न लागिएको जनाएको हो ।

जसअनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतका फिडरहरू क्रमशः थानकोट, बलम्बु र खड्कागाउँका विभिन्न क्षेत्रमा जेठ २५ गते सोमबार र जेठ २७ गते बिहीबार पनि बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति बन्द हुनेछ ।

माैसम प्रतिकुलता रहेमा निर्धारित समय हेरफेर हुनसक्ने साथै, निर्धारित समयमै कार्य सम्पन्न गर्नका लागि यथासम्भव प्रयास गरिने समेत प्राधिकरणले जनाएको छ ।

हेराैं कहाँ कहाँ हुनेछ विद्युत आपूर्ति बन्दः


Leave a Reply

Your email address will not be published. Required fields are marked *