थाहा गोल्डकप फुटबल प्रतियोगिता आजबाट, कुर्द्धनसहित ७ टोलीको सहभागिता
थानकोट ।
मकवानपुरको थाहा नगरपालिकामा बुधबारदेखि छैठौं थाहा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
थाहा नगरपालिकाको ईन्द्रायणी माई चौरस्थित खेलकुद मैदानमा संचालन हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबका उपाध्यक्ष कुमार रायमाझीले बताए ।

थाहा नगरपालिकाको आर्थिक सहयोगमा शिखर क्लब शिखरकोटको व्यवस्थापनमा संचालन हुने उक्त प्रतियोगितामा ७ वटा टिम सहभागी भएका छन् ।
६ टीम थाहा नगरपालिकाभित्रकै छन् ।
एउटा टोली चन्द्रागिरि नगरपालिकाको रहेको छ ।
असार ६ सम्म संचालन हुने उक्त प्रतियोगिताका विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले १२ हजार ५ सय र उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर र हाइस्कोर खेलाडी जनही ६ हजार २५० रुपैयाँ पाउने छन् ।










