अन्ततः आइतबारपनि विद्यालय बिदा गर्ने टुंगोमा पुग्यो चन्द्रागिरि प्याब्सन

Thankot Times

थानकोट ।

निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्याब्सन) चन्द्रागिरि नगर कमिटिले सो संगठन आवद्ध नगर क्षेत्रका विद्यालयमा आइतबारका दिन पनि बिदा दिने भएको छ ।

यसअघि केही विद्यालय आइतबारपनि सञ्चालन हुँदै आएकोमा चन्द्रागिरि नगरपालिका शिक्षा समितिको निर्देशनपछि नगरका सबै संस्थागत विद्यालय आइतबार पनि पठन पाठन बन्द गर्ने निधोमा पुगेका हुन् ।

चन्द्रागिरि नगरपालिका शिक्षा समितिको निर्देशन तथा निर्णयअनुसार प्याब्सन चन्द्रागिरि अन्तर्गत सञ्चालित सबै विद्यालयहरूमा आगामी दिनहरूदेखि प्रत्येक आइतबार सार्वजनिक बिदा रहने व्यवस्था गरिएको जानकारी गराइन्छ । उक्त निर्णय कार्यान्वयन गरी विद्यालय सञ्चालन व्यवस्थापन गर्न अनुरोध छ।- चन्द्रागिरि प्याब्सनले विज्ञप्ति जारी गर्दै भनेको छ ।

चन्द्रागिरि प्याब्सनसँग करिब ३ दर्जन विद्यालय आबद्ध छन् ।

नेपाल सरकारले गत चैत्र २३ गतेदेखि लागु हुनेगरी सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णयमा शैक्षिक संस्था पनि उल्लेख भएकोमा केही संस्थागत विद्यालयहरू भने आइतबारको दिन पनि सुचारु गरिएका थिए ।

चन्द्रागिरिका निजी विद्यालय आइतबारको दिन पनि बिदा गर्ने शिक्षा समितिको निर्णय


Leave a Reply

Your email address will not be published. Required fields are marked *