रास्वपाको बन्द सत्र आजलाई स्थगित
थानकोट ।
रास्वपाको बन्द सत्र आजका लागि स्थगित भएको छ ।
प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्द सत्रको कार्यतालिका स्थगित गरिएको हो ।
आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ ।
त्यसपछि भोलिबाट बन्द सत्र सुरु हुनेछ ।
यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ ।
महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको बताइएको छ ।










