मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा असार २७ गते रक्तदान शिविर सञ्चालन हुने
थानकोट ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा असार २७ गते रक्तदान शिविर सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नंं ६ बालागाउँस्थित मातातिर्थ कुण्ड परिसरमा सो शिविर सञ्चालन हुने बताइएको छ ।
बिहान १० बजेदेखि सुरु हुने शिविर दिउँसो ३ बजेसम्म जारी रहने संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका वडा नंं ६ र ८ को कार्यालय तथा अन्य संघसंस्थाहरूसँग्को समन्वयमा सो शिविर सञ्चालन हुन लागेको हो ।










