नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको घट्यो
थानकोट ।
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
छापावाल सुन तोलामा ६ सय रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ ।
यससँगै चाँदी प्रतितोला चार हजार ४ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला चार हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो ।









