प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

अपराह्न ४ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् ।

प्रधानमन्त्री शाह आज दिउँसो रास्वपा सभापति रवि लामिछानेसँगै संसद बैठकमा पुगेका थिए ।

दुवै जनाले २० मिनेट संसदमा बिताए पनि कुनै सम्बोधन गरेका थिएनन् ।

सरकारको कामकाज र उत्पन्न राजनीतिक परिस्थितिबारे सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच पछिल्ला दिनमा सघन संवाद भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *