साफ च्याम्पियनसिप नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा हुने
थानकोट ।
साफ च्याम्पियनसिप २०२६ बंगलादेशको राजधानी ढाकामा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बोर्ड बैठकबाट प्रतियोगिता आउँदो नोभेम्बर ४ देखि १७ सम्म हुने तय गरिएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण प्रतियोगितामा नेपालको सहभागिता भने अनिश्चित छ ।
सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिप बंगलादेशमा चौथोपटक हुन लागेको हो । सन् २००३, २००९ र २०१८ का संस्करण पनि बंगलादेशमा आयोजना गरिएको थियो ।
हालसम्म प्रतियोगिताका १४ संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक नौ पटक च्याम्पियन बनेको छ ।
माल्दिभ्सले दुई, श्रीलंका, बंगलादेश र अफगानिस्तान (हाल साफमा आबद्ध नभएको)ले एक/एकपल्ट उपाधि जितेका छन् ।
सन् २०२१ मा उपविजेता बन्नु नै साफमा नेपालको हालसम्मको उच्च प्रदर्शन हो ।










