सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार सुन तोलामा एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, सुनकाे मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको हो ।

मंगलबार तोलामा दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर चार हजार ३२० पुगेको छ ।

मंगलबार चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ