बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा थानकोटका ईश्वर लामा निर्वाचित

Thankot Times

थानकोट ।

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा चन्द्रागिरि नगरपालिका–४ थानकोटका ईश्वर लामा निर्वाचित भएका छन्।

संस्थाको शनिबार सम्पन्न १०औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट लामा अध्यक्षमा विजयी भएका हुन्।

पेट्रोलियम पदार्थको बिक्री-वितरणमा संलग्न व्यवसायीहरूको साझा संस्था बागमती पेट्रोलियम डिलर्स एशोसिएशनले व्यवसायीहरूको हकहित संरक्षण, पेशागत समस्या समाधान तथा पेट्रोलियम क्षेत्रको व्यवस्थित विकासका लागि काम गर्दै आएको छ।

निर्वाचनबाट नयाँ नेतृत्व चयन भएसँगै बागमती पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले आगामी कार्यकालमा पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक सुधार तथा संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ