नियमित मर्मत कार्यका लागि चन्द्रागिरि केबलकार सञ्चालनको समय परिवर्तन हुँदै

Thankot Times

थानकोट ।

थानकोटस्थित चन्द्रागिरि केबलकारको सञ्चालन समय तीन दिनका लागि परिवर्तन हुन लागेको कम्पनीले जनाएको छ ।

सोमबार बिहान एक सूचना जारी गर्दै चन्द्रागिरि हिल्सले केबलकार सञ्चालनको समयमा हेरफेर हुने जनाएको हो ।

केबलकारको नियमित मर्मत संभार कार्यका लागि साउन १९ गते मंगलबारदेखि साउन २१ बिहीबार सम्मका लागि केबलकार सञ्चालन समय बिहान १० बजे तोकिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

यसअघि केबलकार बिहान ८ बजेबाट सञ्चालन हुँदै आएको थियो ।

साउन २२ गते शुक्रबारदेखि चन्द्रागिरि केबलकार सञ्चालनको समय पूर्ववत् हुने कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *