बसले ठक्कर दिएपछि कार सुनकोशी नदीमा खस्यो, कारसहित ३ जना बेपत्ता
थानकोट ।
सिन्धुलीस्थित सुनकोसी नदीमा कार खस्दा तीनजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, सोमबार मध्याह्न ११ः४५ बजे सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरबाट कार सुनकोसी नदीमा खसेको हो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको वाग्मती प्रदेशको ०८–००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिएको थियो ।
बसका चालक २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नम्बर नखुले पनि प्रहरीले कारमा तीनजना सवार रहेको पत्ता लगाएको छ ।
कारका चालक दिलकुमार लामा, सिन्धुली गोलान्जोर गाउँपालिका–१ का गणेश थापा र एकजनाको भने पहिचान खुल्न बाँकी छ ।










