बागमतीको राजनीतिमा नयाँ ट्वीस्ट, हानेपाका सांसद्ले पाए भौतिक पूर्वाधार विकास मन्त्रालय

Thankot Times

थानकोट ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका छन्।

मङ्गलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री बानियाँले नेपालको संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्यविभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेश सभा सदस्य बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।

उनको शपथ अपराह्न ४ बजे हुनेछ ।

उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथ ग्रहण गराउने छन्।

प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेललाई राजीनामा गराएर मुख्यमन्त्री बानियाँले बज्राचार्यलाई नियुक्त गरेका हुन्।

पौडेलले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (क) बमोजिम राजीनामा दिएकी थिइन्।

बागमती प्रदेश सरकार नेकपा एमालेले साउन ६ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि संवैधानिक रूपमा अल्पमतमा परेको छ ।

त्यसपछि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ सत्ता गठबन्धन बनाएर सरकार गठन गर्ने सहमति गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा नयाँ सरकार गठन प्रक्रिया अझै अघि बढ्न सकेको छैन ।

प्रदेशसभामा हाल १०४ सदस्य कायम रहेकामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

एमाले र नेकपासँग संयुक्त रूपमा ५१ सांसद मात्रै रहेकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्णय सत्ता समीकरणको केन्द्रमा छ ।

राप्रपाले अहिलेसम्म सरकारमा सहभागी हुने वा बाहिरबाट समर्थन गर्ने विषयमा अन्तिम निर्णय सार्वजनिक गरेको छैG।


Leave a Reply

Your email address will not be published. Required fields are marked *