ग्वार्कोमा फ्लाइओभरमा आङ नै सिरिङ्ग हुने गरि दुर्घटना, एक जनाको मृत्यु, १० जना घाइते

Thankot Times

थानकोट ।

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको  बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित फ्लाइओभर पुलको पर्खालमा ठोक्किएको हो ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंह नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको छ ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् ।

उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको छ ।

दुर्घटनामा ज्यान गुमाएकी अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी छ ।

तस्बिरः सुदर्शन महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ