नेपाली बजारमा सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार  कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ५७० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५  र चाँदीको  मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *