नेपालले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्ने

Thankot Times

थानकोट ।

नेपाली क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ ।

आउँदो सेप्टेम्बरमा एकदिवसीय अभ्यास खेल खेल्ने तय भएको न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

तालिकाअनुसार, न्युजिल्यान्ड ‘ए’ले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया (क्लब)सँग खेल्नेछ । सेप्टेम्बर ४ मा तास्मानिया र ६ मा नेपालसँग खेल्नेछ ।

यी तीनै खेल अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउन्ड–२ मा खेलिनेछ ।

यो अभ्यास शृंखलाअघि न्युजिल्यान्ड ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म हुने एनटी टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ ।

न्युजिल्यान्ड ‘ए’ टोलीमा क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडेन लेनोक्स, बेन लिस्टरजस्ता सिनियर टोलीबाट खेलिसकेका खेलाडी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *