मध्यरातमा प्रधानमन्त्रीको स्टाटस- “ढिला होला, तर गलत हुँदैन”

Thankot Times

थानकोट ।

आफ्नो कार्यशैलीलाई लिएर आलोचना हुन थालेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् ।

उनले शुक्रबार मध्यराति सामाजिक सञ्जालमा स्टाटसमार्फत जवाफ फर्काएका छन् ।

शाह नेतृत्वको सरकारको काम गर्ने ढंग ठीक नभएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै आलोचना गरेका थिए ।

आफ्नै सांसदहरूबाट घेरिन थालेपछि शाहले काममा ढिला हुने तर गलत नहुने वआश्वासन दिएका छन् ।

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्,’ उनको जवाफ छ । उनले कहिलेकाहीँ सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुने पनि अवगत गराए ।

कहिलेकाहीँ एक्लै लड्नुपर्ने पनि हुन सक्ने उनको भनाइ छ । ‘यो पहिलोचोटि होइन’ उनले लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *