सांसद् आलेमगरको अनुरोध-भौतिक रुपमा भेटघाट बन्द गरेको छु, बुझिदिनुहोला

Thankot Times

थानकोट ।

नेपाल तथा भारतका विभिन्न अस्पतालमा लामो समय उपचार गराएर गत बिहीबार राति स्वदेश फर्कीएकी बागमती प्रदेश सभा सदस्य रमा आलेमगरले आफ्नो स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको जानकारी दिएकी छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले सो जानकारी दिएकी हुन् ।

आफू लामो समय अस्पताल बस्न परेको र आफुले जस्तो स्वास्थ्य समस्या कसैैले सामना गर्न नपरोस भन्दै सांसद श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा चासो राख्दै शुभेच्छा व्यक्त गर्नेहरुप्रति धन्यवाद दिएकी छन् ।

साथै, उनले चिकित्सकको सुझावअनुसार हाल कुनैपनि भेटघाटका गतिविधि नगरिदिन सबैसँग अनुरोध समेत गरेकी छन् ।
सांसद् आलेमगर पित्त थैली एवं कलेजोसम्बन्धी रोगका कारण गत कार्तिक महिनादेखिकाठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत रहिरहेको अवस्थामा थप उपचारका लागि मंसिर १२ मा दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । त्यहाँ उनमा कलेजो प्रत्यारोपणसहित थप उपचार गरिएको हो ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरषद् मा आलेमगरले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।
आलेमगर २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा समाजवादीबाट बागमती प्रदेश सदस्यमा काठमाडौं क्षेत्र नं १० ख बाट निर्वाचित भएकी हुन् । सो चुनावमा नेकपा समाजवादीबाट बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ चुनाव जित्ने उनी एक्ल उम्मेवार हुन् । सो बखत नेपाली काँग्रेसले समाजवादीसँग तालमेल गरेको थियो ।
चन्द्रागिरि नगरपालिका-०३ थानकोटकी स्थानीय उनी नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।

फाइल फोटो,  नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहित सो दलका नेता तथा कार्यकर्ताहरु सांसद आलेमगरसँग शुक्रबार अपरान्ह भेट गर्दै ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *