मातातिर्थबाट ५ जना युवा पक्राउ
थानकोट ।
प्रहरी प्रभाग मातातिर्थले मातातिर्थ क्षेत्रमा गाँजा जस्तो पदार्थ किनबेचमा संलग्न भएको अभियोगमा शनिबार (साउन २३) पाँच जना युवालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार शनिबार अपरान्ह करिब ४ः१५ बजे मातातिर्थमा सो पदार्थ किनबेच भइरहेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा २२१६ ग्राम गाँजाजस्तो पदार्थसहित सो कारोबारमा संलग्न पाँच जना युवालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा २५ देखि ३७ वर्षसम्मका युवा रहेका छन् ।
पक्राउ परेका मध्ये एक जना चितवनका, दुइ जना ललितपुरका र २ जना काठमाडाैंका रहेका छन् ।
उनीहरूमाथि अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।










