तेक्वान्दो ग्रान्ड स्लाम युथ लिग ग्लोबल फाइनल-२०२६ मा जेसिस स्कुलका विष्टले जिते रजत पदक
थानकोट ।
चीनको नान्जिङमा सम्पन्न तेक्वान्दो ग्रान्ड स्लाम युथ लिग ग्लोबल फाइनल २०२६ सम्पन्न भएको छ ।
विश्व तेक्वान्दोको क्यालेन्डरअन्तर्गत रहेको प्रतियोगितामा सतुङ्गलस्थित जेसिस इन्टरनेशनल स्कुलका आवश्यक बिष्टले रजत पदक जितेका छन्।
विभिन्न देशका उत्कृष्ट युवा तेक्वान्दो खेलाडीले अगस्ट ७ देखि ९ तारिखसम्म गरेको प्रतिस्पर्धामा विष्टले सो सफलता चुमेका हुन् । उनी जेसिस स्कुलमा कक्षा १० मा अध्ययनरत छन् ।
उनले क्योरुगी विधाको १६ वर्षमुनिको उमेर समुहमा प्रतिस्पर्धा गरेका थिए ।
वर्ल्ड तेक्वान्दो वुक्सी सेन्टरमा सम्पन्न प्रतियोगितामा नेपालबाट १६ जना युवा खेलाडीले प्रतिस्पर्धा गरेका थिए जसमा उनीहरूले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक गरी १५ पदक जितेका छन् ।
उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण पदक जितेका छन् । लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन् ।
सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे ।
टोलीको प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।










