चन्द्रागिरि वडा नंं ३ को कार्यालयले यस वर्ष तीज विशेष कार्यक्रम आयोजना नगर्ने
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटस्थित वडा कार्यालयले यसवर्ष हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै वडाध्यक्ष दुर्गाालाल महर्जनले सो जानकारी दिएका हुन् ।
भदाै १० गते निम्तिएको भयावह प्राकृतिक विपद्का कारण उत्पन्न दुःखद परिस्थितिलाई ध्यानमा राख्दै यसवर्ष तीज पर्वका अवसरमा वडा कार्यालयले कुनैपनि कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको वडाध्यक्ष महर्जनको भनाइ छ ।
साथै, उनले वडा अन्तर्गतका विभिन्न समुहहरूले तीजको शुभकामना आदानप्रदानमा कुनै भड्किलोपन नगरि सामान्य तरिकाबाट पर्व मनाउन सबैमा अनुरोधसमेत गरेका छन् ।
तीज पर्वका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिकाका अधिकांश वडा कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न बजेट पुस्तिकामा नै बजेट उल्लेख गर्ने गरेका छन्।











