गुर्जुधारामा आकस्मिक रक्तदान शिविर, ८७ पिन्ट रगत संकलन
थानकोट ।
पछिल्लो समय घटेको विपद् पछि निम्तन सक्ने रगतको अभावलाई ध्यानमा राख्दै शुक्रबार बिहान सञ्चालित रक्तदान शिविरमा ८७ पिन्ट रगत संकलन भएको छ ।
लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग एवं नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर कमिटिले आयोजना गरेको सो शिविरमा ८७ जनाले रक्तदान गरेको सो पार्टीका चन्द्रागिरि नगर सभापति जनार्दन केसीले जानकारी दिए ।
आकस्मिक रुपमा आयोजित शिविरमा सहभागी भइ रक्तदान गर्ने सबैमा रास्वपा चन्द्रागिरि नगरपालिका कमिटिले धन्यवाद् दिएको छ ।











