भोटेकोसी बाढी प्रभावितहरुका लागि परिश्रमी साकोसबाट १ लाख ५१ हजार सहयोग
थानकोट ।
गत भदाै १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले थानकोटस्थित परिश्रमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग दाखिला गरेको छ ।
सो सहकारीले सोमबार १ लाख ५५ हजार १ सय रुपैयाँ कोषको खातामा दाखिला गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका १५५१ सदस्यहरूका तर्फबाट मानवीय सहायता बापत १ सय रुपैयाँका दरले उक्त सहयोग रकम जम्मा गरिएको हो ।
साथै, विपद्को यस कठीन घडीमा पीडीत परिवारहरुप्रति गहिरो सहानुभूति व्यक्त गर्दै सहयोग सद्भाव र मानवीय सेवामा सबैलाई हातेमालो गर्न परिश्रमी साकोसले सबैमा अनुरोध गरेको छ ।











