भोटेकोशी बाढीः चन्द्रागिरि नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी नदी तथा त्रिशुली नदीमा भदाै १० गतेको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनःर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नगरको सोमबार बसेको १३६ औं कार्यपालिका बैठकले सो परिमाणको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रबाट सम्पर्क विहीन भएका चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दाको खोज तथा उद्धारका लागि तत्काल सम्बन्धित परिवारजनलाई ५० हजार रुपैयाँ नगद सहयोग गर्ने निर्णय पनि गरेको छ ।
सो प्रकोपमा परि ७ जना चन्दगिरि नगरबासी सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ । यद्यपी, यहाँ अस्थायी बसोबास गर्ने नागरिकहरू समेत सम्पर्क विहीन भएको विवरण सार्वजनिक भइरहेको छ ।यस अघि चन्द्रागिरि नगरपालिकाले बाढी प्रभावित क्षेत्रका लागि त्रिपाल, बेल्चा, लाइफ ज्याकेट, आरी, प्राथमिक उपचार बक्स, शव व्यवस्थापनका लागि प्लास्टिक, झुल, टेन्ट लगायतका करिब १५ लाख बराबरको ३० प्रकारका सहयोग सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।
भोटेकोशी बाढीः चन्द्रागिरि नगरद्वारा उद्धार तथा औषधीजन्य सामाग्री हस्तान्तरण










