गोल्डेन फ्लावर माविद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३ हजार सहयोग

Thankot Times

थानकोट ।

नैकापस्थित गोल्डेन फ्लावर माविले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३ हजार रुपैयाँ सहयोग गरेको छ ।

रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी नदी तथा त्रिशुली नदीमा भदाै १० गतेको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनःर्स्थापनाका लागि सो रकम सहयोग गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी र अभिभावकहरूको तर्फबाट उक्त सहयोग रकम जुटाइएको विद्यालयले जनाएको छ ।

विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० हजार रुपैयाँ सहयोग गरेको छ भने प्याब्सन काठमाडाैं कल्याणकारी कोषमार्फत बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि  ८३००० रुपैयाँ सहयोग गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ