एसियन गेम्सका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा, दीपेन्द्रसिंहले कप्तानी गर्ने

Thankot Times

थानकोट ।

जापानमा हुने एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट  संघ (क्यान)ले हिजो ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलिमा ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।

एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको टिम लिडरमा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी विनोद दास रहेका छन् । मुख्य प्रशिक्षकमा स्टुअर्ट ल, रहेका छन् ।

नेपालले एसियन गेम्समा क्रिकेटमार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानले जनाएकाे छ ।

खेल आउँदो असोज ३ देखि १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *