बागमती प्रदेश सरकारमा दोश्रोपटक मन्त्री बन्दै सांसद् रमा आलेमगर

Thankot Times

थानकोट ।

रमा आलेमगर बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त भएकी छन्।

नवनियुक्त मन्त्री आलेमगरले आज बिहीबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

आलेमगर २०७९ को प्रदेश सभा निर्वाचनमा काठमाडाैं क्षेत्र नंं १० बाट निर्वाचित भएकी थिइन् । बागमती प्रदेशमा तत्कालीन नेकपा समाजवादीबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद् हुन् ।

चन्द्रागिरि नगरपालिका–३, थानकोट माटिखेल निवासी आलेमगर २०७४ को चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

यसअघि २०८० साल चैत्र २० मा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकारमा आलेमगरले युवा तथा खेलकुद मन्त्री बनेकी थिइन् ।

मन्त्री रमा आलेमगरलाई बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *