जय नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन

Thankot Times

थानकोट ।

राष्ट्रियताको संरक्षण र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको जय नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

काठमाडौँको चाबहिलमा शनिबार आयोजित विशेष कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो ।

पार्टीका सभापति डा. धवलशम्शेर राणाले कार्यालयको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सभापति राणाले पार्टीको मुख्य ध्येय राष्ट्र निर्माण, सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना रहेको बताए।

‘हामीले दृढ सङ्कल्पका साथ यो पार्टीको स्थापना गरेका छौँ। नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन, राजासहितको प्रजातन्त्र पुनर्बहाली गर्न र देशको आर्थिक विकासको मार्ग प्रशस्त गर्न यो पार्टी प्रतिबद्ध छ,’ राणाले भने ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *