काठमाडाैं क्षेत्र नं. १० मा ई.दिपेश विष्ट र हिमाल कार्कीबीच पछिल्लो सात महिनामा दोश्रोपटक घम्साघम्सी
थानकोट ।
गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० मा नेपाली काँग्रेसबाट उम्मेदवार टुंगो लाग्न निकै पापड बेल्न पर्यो ।
उमेदवारको मनोनयन दर्ता गर्ने अन्तिम समयमा मात्रै नेपाली काँग्रेसले यहाँ उमेदवार टुंगो लगायो ।
जेन-जी विद्रोहपछिको पहिलो आम चुनावमा काठमााडाैं क्षेत्र नं. १० का मतदातासमक्ष पुग्न नेपाली काँग्रेसमा युवा ईञ्जिनियर दिपेश विष्ट र कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य हिमाल कार्कीबीच अन्तिम समयसम्म नै कडा प्रतिस्पर्धा देखियो ।
अन्ततः संसदीय बोर्ड बैठकले कार्कीलाई उम्मेदवार बनाउने निर्णय गर्यो । सो निर्वाचनमा कार्की दोश्रो भए ।
नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १० मा हिमाल कार्की उम्मेदवार
अहिले नेपाली काँग्रेसको १५औं महाधिवेशन जारी छ ।
महाधिवेशनअन्तर्गत हिजो सोमबार काठमाडाैं निर्वाचन क्षेत्र नंं १० अन्तर्गत प्रदेश सभा क्षेत्रिय कार्यसमिति, प्रदेश प्रतिनिधि कर ख, प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यक्रम सुरु भएको छ । सोमबार अबेरसम्म सहमतिमै महाधिवेशनबाट प्रतिनिधि चयन गर्न सम्भव नदेखिएपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो ।
निर्वाचन अधिकृतका लक्ष्मी सापकोटा घिमिरेका अनुसार काठमाडाैं जिल्ला क्षेत्र नं. १० प्रतिनिधि सभा क्षेत्रिय कार्य समितिको सभापति बन्न दुई जनाको उम्मेदवारी परेको छ जसमा युवा ईञ्जिनियर दिपेश विष्ट र कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य हिमाल कार्की रहेका छन् । दुवै जनाले अघोषित रुपमा समुह बनाएरै प्रदेश तहसम्मै प्रतिस्पर्धा गर्ने भएका छन् ।
निर्वाचन क्षेत्रको सचिव बन्न तीन जनाले उमेदवारी दिएका छन् ।
जसमा जमुना पुरी, विक्रम तामाङ र सुशान्त बाबु आचार्य छन् । यस्तै सहसचिवमा चिरन्जिवी महर्जन, पञ्च बहादुर महर्जन, बसन्त सिग्देल र सरोज थापाले उमेदवारी दिएका छन् । खुला सदस्य ३ पदका लागि ८ जना, खुला महिला १ पदका लागि २ जना, समानुपातिक आदिवासी जनजाती सदस्य खुला २ पदमा ६ जना, समानुपातिक खस आर्य महिला सदस्यमा १ पदमा ३ जनाको उमेदवारी परेको छ ।














