नियमित स्वास्थ्य परीक्षणका लागि मन्त्री आलेमगर आज भारत जाँदै
थानकोट ।
बागमती प्रदेश कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री रमा आलेमगर नियमित स्वास्थ्य परीक्षणका लागि आज मंगलबार भारत जाने तयारी छ ।
भारतको मेदान्त अस्पतालमा करिब ९ महिना पित्त थैली एवं कलेजोसम्बन्धी रोगको उपचार गराएर उनी गत साउन चाैथो साता स्वदेश फर्किएकी थिइन् । सोही अस्पतालमा उनी नियमित चेकजाँचका लागि प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
उनी असोज पहिलो साता बागमतीको मन्त्री नियुक्त भएकी हुन् ।
फाइल फोटो














