बैंकिङ कसुर मुद्दाका फरार थानकोट बस्दै आएका प्रतिवादी पक्राउ

Thankot Times

थानकोट ।

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामजी ठाकुर र सन्तोष पाण्डे रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले रामजीलाई काठमाडौँ महानगरपालिका–१३ कालीमाटीबाट र सन्तोषलाई ललितपुर महानगरपालिका–३ धोबीघाटबाट पक्राउ गरेको हो।

रामजीलाई जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर गरेपछि उनी फरार रहँदै आएका थिए।

त्यस्तै सन्तोषलाई जिल्ला अदालत चितवनबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थिए।

पक्राउ परेकामध्ये रामजीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुर पेस गरिएको छ भने सन्तोषलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *