एशियाली खेलकुद: पुरुष क्रिकेटको स्वर्णपदक भारतलाई, रजत पाकिस्तानलाई श्रीलंकालाई कांस्य

Thankot Times

थानकोट ।

२०औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटको फाइनल खेलमा भारतले पाकिस्तानलाई १९ रनले पराजित गरेको छ।

यो जितसँगै भारतीय टोलीले स्वर्ण पदक हात पारेको छ। यसअघि महिलातर्फको क्रिकेट प्रतियोगितामा पनि भारतले स्वर्णपदक जितेको थियो।

शनिबार जापानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनायो।

भारतका लागि अभिषेक शर्माले २८ बलमा ६१ रनको इनिङ खेले। त्यस्तै तिलक वर्माले २२ बलमा नटआउट रहँदै ५१ रन बनाए। त्यस्तै शिवम दुबेले १५ बलमा २७ र वैवभ सूर्यवंशीले ९ बलमा १५ रन जोडे।

पाकिस्तानका लागि अहमद दनियाल र अरफत मिनहासले २-२ तथा सलिम अयुब र अबरार अहमदले १-१ विकेट निकाले।

२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानको टोली २० ओभरमा ६ विकेटको क्षतिमा १९२ रनमा समेटियो।

पाकिस्तानका तर्फबाट हसन नवाजले सर्वाधिक ९६ रन बनाए। उनले ५१ बलको सामना गरेका थिए।

भारतका लागि अक्षर पटेल र वासिङ्टन सुन्दरले २-२ विकेट लिए।

पुरुष क्रिकेटको कास्य पदक श्रीलंकाले जितेको छ । निशिनमा रहेको करोगी स्पोट्र्स पार्कमा आज बिहान भएको खेलमा बङ्गलादेशलाई ६३ रनले हराउँदै श्रीलंकाले कास्य पदक जितेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । जितका लागि १६६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ ओभर ३ बलमा १०२ रनमा अलआउट भयो ।एशियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ ।

नेपाल एशियाली खेलकुदको क्वाटरफाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ