नेपाली काँग्रेसको महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने
थानकोट ।
नेपाली काँग्रेसको आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति सो पश्चात् हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै विधानको उक्त व्यवस्थाबारे जानकारी गराएको हो।
“पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भएको व्यक्ति सोही अवधिमा हुने सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन पाउने छैन।” विज्ञप्तिमा उल्लेख छ।
यस नियम अनुसार, आगामी १५औँ महाधिवेशनमा केन्द्रीय तहको कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्तिहरू त्यसपश्चात् सञ्चालन हुने प्रदेश तथा जिल्ला कार्यसमितिको चुनावमा उम्मेदवार बन्न पाउने छैनन्।














