शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत चयन

Thankot Times

थानकोट ।

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत निर्वाचित भएका छन् ।

मध्याह्न राष्ट्रिय दैनिकका सम्पादक नेपाल समूहको काठमाडौंमा सोमबार सम्पन्न २७औँ साधारणसभा तथा १३औँ अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।

नेपाल यसअघि समूहका वरिष्ठ उपाध्यक्ष थिए । अधिवेशनले नेपालको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा रोहन क्षेत्री गाउँले, उपाध्यक्षमा नवराज चालिसे, महासचिवमा सञ्जीप घिमिरे शुभचिन्तक, सचिवमा रोजिना थापा कार्की र कोषाध्यक्षमा सबिना बानियाँ चयन भएका छन् ।

सदस्यमा कृष्णसिंह धामी, अञ्जीरसिंह विक र गोपाल संग्रौला चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

साधारणसभाका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

गत १० भदौमा भोटेकोसी बाढीका क्रममा विद्यार्थीलाई सुरक्षित राख्न सफल नुवाकोटको त्रिशूली त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, समूहका संस्थापक अध्यक्ष राजन शर्मा, नवप्रवर्तनात्मक कार्यका लागि रानीवारी माध्यमिक विद्यालयकी विद्यार्थी बेबिसा मगराती, शिक्षक जिलेशन साह तथा संस्थागततर्फ सेभ द चिल्ड्रेनलाई सम्मान गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ