रास्वपाको ‘हामी आउँदै छौँ’ अन्तर्गत आज चन्द्रागिरि आउँदै सांसद् डा.तोसिमा कार्कीसहितको टोली
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ‘हामी आउँदै छौँ’ अभियान देशभर जारी छ ।
संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न यो अभियान सुरु भएको हो ।
अभियानलाई सशक्त रूपमा सञ्चालन गर्न पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ।
यसैबीच काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत चन्द्रागिरि नगर क्षेत्रमा सांसद् डा. तोसिमा कार्कीसहितको टोली आउने तालिका रहेको छ ।
चनद्रागिरि नगरपालिका वडा नं. ५ किसिपिडीमा अहिले बिहान ७ बजे सुरु हुने भनिएको कार्यक्रममा सांसद् कार्की, रास्वपा नेताहरू अनिता श्रेष्ठ, खुस्बु सरकार श्रेष्ठ पनि सहभागी हुनेछन् ।














