नेपाली काँग्रेस देउवा पक्षको काठमाडाैं क्षेत्र नं. १० को अधिवेशन आज हुँदै
थानकोट ।
नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षको काठमाडाैं क्षेत्र नं. १० तथा प्रदेश क र ख को संयुक्त अधिवेशन आज सोमबार हुँदैछ ।
चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरमा अधिवेशन सम्पन्न भएपश्चान आज सोमबार क्षेत्रीय तथा प्रदेश अधिवेशन सञ्चालन हुन लागेको हो ।
चन्द्रागिरि वडा २ देखी ११ सम्मका १० वडा, कीर्तिपुर र दक्षिणकालीका सबै क्षेत्र काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत पर्दछन् ।
नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षको १५औं नियमित महाधिवेशनले चन्द्रागिरि नगर सभापतिमा श्रीकृष्ण खत्री, कीर्तिपुर नगर सभापतिमा मीनप्रसाद महर्जन र दक्षिणकाली नगर सभापतिमा सरोज केसी चयन गरेको थियो ।
दक्षिणकाली नगरपालिका फर्पिङस्थित मानन्धर सिटीहलमा बिहान ९ बजे सुरु हुने अधिवेशनमा नेता प्रकाशमान सिंह प्रमुख अतिथि रहने बताइएको छ ।














