एमालेका मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
थानकोट ।
नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पद तथा गाेपनीयता शपथ लिँदै छन् ।
शपथ ग्रहण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे हुनेछ ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ । गत शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियाे ।
मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा) छन् ।
यस्तै, तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।














