वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई पुत्र वियोग, पूर्वसांसद एवं नेकपाका नेता डा. विजय पौडेलको निधन
थानकोट ।
पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।
चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्ट वाणस्थली क्षेत्रमा बसोबास गर्दै आएका पाैडेलको सोमबार साँझ कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्याउँदै निधन भइसकेको थियो । ‘आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो,’ नकर्मीले भने । निधनको कारण खुल्न बाँकी रहेको छ ।
उनी एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय भएका थिए । उनले जनता टिभी पनि सञ्चालन गर्दै आएका थिए ।














